ट्रान्सफर्मर पड्किएपछि टेकुको शुक्रराज अस्पतालमा विद्युत अवरुद्ध



Download our app to get more features

काठमाडौं, १८ भदोै । ट्रान्सफर्मर पड्किएपछि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा विद्युत आपूर्ति अवरुद्ध भएको छ।

ट्रान्सफर्मर शुक्रबार बिहान करिब साढे ९ बजे पड्किएको हो। ट्रान्सफर्मर पड्किएपछि अस्पताल र आसपासको क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ।

जेनेरेटरले धेरैबेर नधान्ने अस्पतालको आइसीयूमा उपचाररत १८ बिरामीलाई अप्ठ्यारो पर्ने देखिएको बताइएको छ ।

विद्युत प्राधिकरणमा जानकारी पुगिसकेकाले आपूर्ति नियमित बनाउन छिटै प्रयास हुने भन्दै स्वास्थ्यकर्मीले बिरामी र तिनका कुरुवालाई आश्वस्त पार्ने प्रयास पनि गरिरहेका छन्।

Last modified on 2021-09-03 13:18:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts