कोरोनाबाट थप १६ जनाको मृत्यु,५ सय ४४ जना आईसीयूमा



Download our app to get more features

काठमाडौं, १७ भदौ । नेपालमा थप १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १६ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ७ सय ८६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ९ सय ४६ रहेको छ । जसमा ३१ हजार ६ सय १९ जना होम आइसोलेसनमा छन् भने २ हजार ३ सय २७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ५ सय ४४ जना आईसीयूमा उपचाररत छन् भने १ सय ६६ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।

त्यस्तै गत २४ घन्टामा देशभर ११ हजार ७ सय जनाले कोरोनाविरुद्धको खोप लगाएका छन । योसँगै कोरोना विरुद्धको दुबै डोजको खोप लगाउने संख्या ४६ लाख ७७ हजार ७ सय ७६ पुगेको छ । 
 

Last modified on 2021-09-03 10:25:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts