डडेल्धुरा अस्पतालमा सिटी स्क्यान मेसिन जडान



Download our app to get more features

डडेल्धुरा, १७ भदौ । डडेल्धुरा अस्पताल डडेल्धुरामा १६ स्लाइस क्षमताको सिटी स्क्यान उकरण जडान गरिएको छ। एक हप्ताअघि ल्याइएको उक्त उपकरण जडान गरेपछि बिरामीलाई सेवा दिइरहेको  अस्पतालले जनाएको छ।

उपकरण तथा साधनस्रोतको अभाव खेप्दै आएको अस्पतालमा पहिलोपटक सिटी स्क्यान उपकरण जडान गरिएको हो । दुई साताभित्रै औपचारिक कार्यक्रम आयोजना गरी सेवाको शुभारम्भ गरिने तयारी भइरहेको अस्पतालका निमित्त मेडिकल सुपेरीटेनडेण्ट डा जगदिश चन्द्र बिष्टले बताए । 

सामान्य एमआरआईभन्दा कम ध्वनि उत्पन्न हुने भएकाले बिरामी डराउने समस्या नरहेको तथा सिटी स्क्यान बिरामीमैत्री, सहज र आरामदायी रहेको अस्पतालले जनाएको छ। उपकरणको स्लाइस क्षमता जति बढी भयो उति राम्रो र छिटो रिपोर्ट आउने जनाइएको छ। 

हालसम्म उपकरणकोे अभावमा बिरामीहरु बाहिर रेफर हुने र निजी अस्पतालमा जानुपर्ने बाध्यता थियो । नयाँ उपकरणबाट सेवा सुरु भएपछि बिरामीले अस्पतालभित्रै सेवा पाउने अवस्था आउने छ। अस्पतालका अनुसार सिटी स्क्यानको सेवा शुल्क समेत निजीको भन्दा सस्तो रहने छ ।

सिटी स्क्यान शरिरका विभिन्न अंगहरूको जाँच गर्ने एउटा प्रक्रिया हो। सिटी स्क्यानको सहायताले शरीरभित्रका हड्डी, नसा र तन्तुहरूको जाँच गरिन्छ। विषेश गरी मस्तिष्कघात, मतिष्कभित्रको चोट, नशामा रगत जमेको, घाँटीको समस्या, क्यान्सर, हड्डीको समस्या, पेटको समस्याको पहिचानमा उपकरण उपयोगी हुने चिकित्सकले जनाएका छन ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts