भेरी अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

काठमाडौं, १७ भदौ । बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ।

सल्यानकी ६६ बर्षीया महिला र दाङकी ९५ बर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला स्वाथ्य कार्यालय बाँकेले जनाएको छ।  सल्यानकी महिलाको हिजो बेलुका र दाङकी महिलाको आज बिहान मृत्यु भएको कार्यालय प्रमुख तेज वलीले जानकारी दिए। 

यो सहित बाँकेमा कोरोनाका कारण ३ सय २९ र अन्य जिल्लाबाट उपचारका लागि पुगेका ४ सय संक्रमितको मृत्यु भएको छ। 

Last modified on 2021-09-02 12:19:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts