नेपालले छोटो समयमा १५ प्रतिशत जनसंख्यालाई खोप लगाएको भन्दै डब्लूएचओले दियो बधाई



Download our app to get more features

काठमाडौं, १७ भदौ । विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाको क्षेत्रिय कार्यालयले नेपाललाई बधाइ दिएको छ । 

नेपालले ७ महिनामै कुल जनसंख्याको १५ प्रतिशतलाई कोरोनाविरुद्धको खोप लगाएको भन्दै संगठनले नेपाललाई बधाई दिएको हो । 

संगठनको दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले बुधबार नेपाललाई बधाई दिएकी हुन् । 

बधाई दिँदै उनले छोटो समयमा एक करोड डोज बढी खोप व्यवस्थापन गर्नु र कुल जनसंख्याको १५ प्रतिशत बढीलाई खोप दिलाउन सफल भएकोमा नेपाललाई बधाई दिइन् ।

असोज अन्तिमसम्म एक तिहाई जनतालाई खोप पु¥याउने लक्ष्य लिएको सरकारले मंगलबारसम्म पहिलो डोज १७.९ प्रतिशत र पूर्ण मात्रा १५.४ प्रतिशतलाई दिन सफल भएको बताएको छ ।

खोप लगाउनका लागि तोकिएका २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जना व्यक्तिमध्ये मंगलबारसम्म ५४ लाख २४ हजार ८ सय ३६ जना (१७.९ प्रतिशत) र पूर्ण मात्रा लगाउने ४६ लाख ६७ हजार ३ सय २८ जना (१५.४ प्रतिशत) पुगेको छ । पहिलो र पूर्ण मात्रा खोप लगाउनेको संख्या १ करोड ९२ हजार १ सय ६४ जना रहेको छ ।

नेपालमा अहिलेसम्म कोभिडविरुद्धको खोपमा कोभिसिल्ड, भेरोसेल, एस्ट्राजेनेका र जानसन खोप लगाइएको छ ।

सरकारले आगामी चैत मसान्तसम्म सबै नागरिकलाई पूर्ण खोप दिने प्रतिवद्धता जनाएको छ ।

Last modified on 2021-09-02 12:38:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts