मेडिकल काउन्सिलमा एकजना उपाध्यक्ष र ८ सदस्यकाे निर्वाचनका लागि समिति गठन



Download our app to get more features

काठमाडौं, १७ भदौ । नेपाल मेडिकल काउन्सिलले १० जनाको हुने निर्वाचनका लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

काउन्सिलले एक जना उपाध्यक्ष र जना सदस्यका लागि गर्ने निर्वाचनका लागि गठन गरेको समितिको प्रमुख निर्वाचन अधिकृतमा डा.गणेश राईलाई तोकेको छ ।

यस्तै डा. मधुसुदन पुन र डा. मनोज हुमागाईलाई निर्वाचन अधिकृत तोकेको हो । 

अब डा राईको निर्वाचन समितिले काउन्सिलको उपाध्यक्ष र सदस्यहरुको निर्वाचनका लागि तयारी गर्ने । 

निर्वाचनमा उम्मेदवार हुनका लागि उपाध्यक्ष पदका लागि कम्तीमा १५ वर्ष र सदस्य पदका लागि कम्तिमा ५ वर्षको अनुभव प्राप्त दर्तावाल चिकित्सक हुनुपर्ने व्यवस्था छ । 

यसरी निर्वाचित उपाध्यक्ष तथा सदस्यको कार्यकाल ४ वर्षको हुनेछ। यसअघि २०७४ मा निर्वाचित कार्याकारीहरुको पदावधि २०७८ असोज ५ गते समाप्त हुँदैछ ।

Last modified on 2021-09-02 08:41:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts