देशभरका २० जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित, थपिए २ हजार ५२ नयाँ संक्रमित



Download our app to get more features

काठमाडौं, १६ भदौ । नेपालमा थप ३ हजार ३० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये ३ हजार ३० जना कोरोना सङ्क्रमणपछि निको भएका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ७ लाख १९ हजार ३ सय ३६ पुगेको छ ।

कोरोना सम्बन्धी नियमित जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले गत २४ घन्टामा नयाँ सङ्क्रमितमध्ये निको हुनेको सङ्ख्या बढेको बताए । उनका अनुसार गत २४ घन्टामा देशभर १४ हजार ९ सय ३५ कोरोना परीक्षण गर्दा २ हजार ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोनाका कारण ८ लाख ४८ हजार २ सय ४ जना सङ्क्रमित भएका छन् । यस्तै गत २४ घन्टामा थप २० जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ७ सय ७० पुगेको छ ।

हाल देशभरका २० जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको पनि डा. पौडेलले बताए । उनले पछिल्लो समय नेपालमा कोरोना संक्रमण पुष्टि हुने दर १५ देखि १८ प्रतिशतमा झरेको पनि बताए ।

Last modified on 2021-09-02 08:05:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts