नेशनल आइ एण्ड कस्मेटिक सर्जरी छैटौं वर्षमा प्रवेश
काठमाडौं, १६ भदौ । नेशनल आइ एण्ड कस्मेटिक सर्जरीले आज आफ्नो छैटौं वार्षिक उत्सव मनाएको छ । बुधबार एक कार्यक्रम गर्दै कस्मेटिक सर्जरीले वार्षिक उत्सव मनाएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले कस्मेटिक सर्जरीले गरेको कामहरू थाहा नभएनी कार्यक्रममा आउन पाउँदा खुशी भएको बताएका थिए । उनले महानगरले गरेका कामहरूको बारेमा पनि जानकारी गराएका थिए ।
त्यस्तै कार्यक्रमका सभापति नेशनल आइ एण्ड सर्जरी सर्जिकलको अध्यक्ष डा. पूजा राजभण्डारीले सबैको साथ र सहयोगले छैठौं बर्षमा आइपुग्दा खुशी लागेको बताएकी थिइन ।
वार्षिक दिवसको अवसरमा सेन्टरले एक महिना सर्जरी तर्फ २५%, चश्मा बनाउन २०% र निशुल्क आँखा परिक्षणका साथै न्युनतम दर्ता शुल्क रू ५० मा सामुदायिक आँखा क्लिनिक खोलेको छ । २०७२ सालदेखि नै सम्पुर्ण आँखाको रोगको जाँच तथा उपचार प्रदान गर्दै आएको सेन्टरले आँखाको प्लास्टिक सर्जरी गरिरहेको छ ।
नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टरले आँखाको सम्पूर्ण परीक्षणहरु दुष्टि दोष, उच्चरक्तचाप, मधुमेह, थाइराइड, वाथरोग र शरिरको अन्य भागमा लागेको रोगका कारणले आँखामा पर्ने असरको जाँच समेत गदै आएको छ ।