उपत्यकाका प्रजिअहरूको बैठक बस्दै, विद्यालय सञ्चालन बारे निर्णय हुने



Download our app to get more features

काठमाडौं, १६ भदौ ।  उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकले जारी निषेधाज्ञाको अवधि थप गर्ने र उपत्यकाका विद्यालयहरु कसरी सञ्चालन गर्ने भन्नेबारे निर्णय गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए  । 

जारी निषेधाज्ञा अवधि आज राति १२ बजेबाट जा सकिन लागेको बेला प्रजिअहरुको बैठकले जारी निषेधाज्ञाका केही प्रावधानहरुलाई परिमार्जन गर्दै समय थप गर्न सक्ने जनाइएको छ । 

उपत्यकाका केहि स्थानीय तहहरुले विद्यालय भौतिक रुपमै खोल्न लागेसँगै  विद्यालयहरु भौतिक रूपमै खोल्न दिने या नदिने भन्ने विषयमा बैठकले निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।   
 

Last modified on 2021-09-01 20:46:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts