स्वास्थ्य व्यवसायी परिषदले भदौ २१ र २२ गते लाइसेन्स परीक्षा लिने
काठमाडौं,१६ भदौ । स्वास्थ्य व्यवसायी परिषदले भदौ २१ र २२ गते नाम दर्ता प्रमाणपत्र (लाइसेन्स)को परिक्षा लिने भएको छ ।
परिषदले यसअघि असार १९ मा लिने भनिएको परीक्षा कोभिड १९ संक्रमणका कारण स्थगित भएको थियो ।
असारमा स्थगित भएको परीक्षा भदौमा हुने लागेको हो । परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा हुने भएको छ ।