कोरोनाबाट थप २० जनाको मृत्यु,५ सय ३७ जना आईसीयूमा



Download our app to get more features

काठमाडौं, १५ भदौ । नेपालमा थप २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २० जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ७ सय ५० पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ५ सय ९१ रहेको छ । जसमा ३३ हजार २ सय १४ जना होम आइसोलेसनमा छन् भने २ हजार ३ सय ७७ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।

यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ५ सय ३७ जना आईसीयूमा उपचाररत छन् भने १ सय ६४ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।

त्यस्तै गत २४ घन्टामा देशभर ८५ हजार १ सय २८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन । योसँगै कोरोना विरुद्धको दुबै डोजको खोप लगाउने संख्या ४४ लाख ५९ हजार ७ सय ६१ पुगेको छ । 
 

Last modified on 2021-09-01 08:15:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts