मोडल निशाको स्वास्थ्य अवस्था स्थिर : नर्भिक अस्पताल



Download our app to get more features

काठमाडौं, १५ भदौ । पछिल्लो समय नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा सुधार हुन सकेको छैन ।

नर्भिक अस्पतालले घिमिरेको उद्धार गरेको केही दिनसम्म स्वास्थ्यमा सुधार हुने लक्षणहरु देखापरेको भएपनि कुनै परिवर्तन नआएको अस्पतालले जनाएको छ । मोडेल घिमिरेको उपचारमा नर्भिकमा उपलब्ध सबैखालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिकेको भएतापनि स्वास्थ्य अवस्थामा खासै सुधार नदेखिएको अजय मिश्रले जानकारी दिए । हाल कलाकार घिमिरेको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले बताएको छ ।

नर्भिकका प्रबन्ध संचालक मेघा चौधरीले घिमिरेको जेठ २७ गते केही समाजसेवीको सहयोग लिएर उद्धार गर्नुभएको थियो । हालसम्म नर्भिकमा घिमिरेको उपचारमा लागेको सम्पूर्ण खर्च नर्भिक अस्पतालका प्रबन्ध संचालक मेघा चौधरीले नै व्यक्तिगत रुपमा प्रायोजन गर्दै आएको सोमनाथ बास्तोलाले जानकारी दिए । हालसम्म निशा घिमिरेको उपचारमा ५० लाखभन्दा बढी रकम खर्च भइसकेको नर्भिकले जनाएको छ ।

'नर्भिकले अरु कोही व्यक्ति वा संस्थाबाट उपचारका लागि कुनै पनि सहयोग नलिएको र लिन आवश्यक समेत नरहेको बताए' नर्भिकका अजय मिश्रले भने, 'निशा घिमिरेको उपचारका नाममा कोहीकसैले सहयोग रकम संकलन गरिरहेको भन्ने यदाकदा सुनिन्छ, तर यो विषयमा नर्भिक अस्पताल अनभिज्ञ रहेको छ।'

स्वास्थ्य अवस्था स्थिर नै रहने हो भने घिमिरेलाई राम्रो रिहाब सेन्टरको खाँचो पर्ने देखिएको अस्पतालले जनाएको छ । यो विषयमा पनि आफूले सोचिरहेको नर्भिककी प्रबन्ध संचालक मेघा चौधरीको भनाई रहेको छ । हाल डा. पंकज जलान नेतृत्वको टिमले घिमिरेको उपचार गरिरहेको छ ।

Last modified on 2021-08-31 17:29:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts