नेपालमा कोरोना संक्रमणदर स्थिर,देशभर थप १६ जनाको मृत्यु
काठमाडौं, १४ भदौ । नेपालमा थप १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १६ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ७ सय ३० पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ८ सय ७४ रहेको छ । जसमा ३३ हजार ३ सय ३३ जना होम आइसोलेसनमा छन् भने २ हजार ५ सय ४१ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।
यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ५ सय ६८ जना आईसीयूमा उपचाररत छन् भने १ सय ६० जना भेन्टिलेटरमा भर्ना भएका छन् ।
Last modified on 2021-08-31 06:49:14