कोरोनाको एक मात्रा खोप लगाएका व्यक्तिहरूमा ८० प्रतिशत एन्डीबडीः अध्ययन



Download our app to get more features

काठमाडौं, १४ भदौ । नेपालमा कोरोनाविरुद्धको पहिलो मात्रा लगाएका झन्डै ८० प्रतिशतमा एन्टीबडी विकास भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमणको दोस्रो रािष्ट्रय सेरोप्रिभ्यालेन्स सर्भेक्षणको नतिजामा कोरोनाको एक मात्रा कोभिड खोप लगाएका व्यक्तिहरूमा ८० प्रतिशतमा र पूर्ण मात्रा लगाएकाहरूमा ९० प्रतिशतमा एन्टीबडी देखिएको हो ।

मन्त्रालयले आइतवार सार्वजनिक गरेको सर्भेमा देशभरिका ६ महिनाभन्दा बढी उमेरका व्यक्तिहरूलाई समेटी गत असार २१ देखि साउन ३० गतेसम्म १३ हजार १ सय ६१ जनाको परीक्षण गरी विश्लेषण गरिएको थियो । जसमा ६८ दशमलव ६ प्रतिशत नमुनामा कोभिड १९ एन्टीबडी देखिएको हो ।

मन्त्रालयका अनुसार सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, शहरका सबै लिङ्ग, उमेर, पेसा तथा सबै समूहमा लगभग समान रूपमा नै एन्टीबडी देखिएको छ । 

मन्त्रालयले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएमा नजिकैको प्रयोगशालामा स्थानीय सरकारसँग समन्वय गरेर परीक्षण गर्न आग्रह गरेको छ । 

 

Last modified on 2021-08-30 11:25:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts