बझाङमा १४९ जना क्षयरोगका बिरामी



Download our app to get more features

बझाङ, १४ भदौ । गरिबी, चेतनाको कमी र कमजोर स्वास्थ्य सेवा प्रणालीका कारण क्षयरोग नियन्त्रण कठीन रहेको चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् । 
बझाङमा  १४९ जना क्षयरोगका बिरामिहरुले  उपचार गराइरहेको बझाङमा जिल्ला स्तरिय क्षयरोग  कोहर्ट विश्लेषण तथा वार्षिक समिक्षा गोष्ठिमा जानकारी गराइएको छ ।

स्वास्थ्य कार्यालय बझाङको आयोजनामा गरीउको समीक्षा गोष्ठीमा  १२ वटेै पालिकाका स्वास्थ्य सयोजकहरुको सहभागीतामा आर्थिक वर्ष २०७७/७८ मा सञ्चालित क्षयरोग नियन्त्रण कार्यक्रम हरुको समिक्षा गरिएको थियो । 

क्षयरोग फोकल पर्सन नारायण जोशीका अनुसार बझाङमा क्षयरोगका नयाँ बिरामी पत्ता लाग्ने दर ६७ प्रतिशत रहेको छ भने बिरामीको  उपचार सफलता दर ८९ प्रतिशत रहेको उनले बताए  । आर्थिक वर्ष २०७७/७८ मा जम्मा १४९ जना क्षयरोगका बिरामी हरुले जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट उपचार लिइरहेको जोशीले बताए ।  

नेपालले सन २०३५ सम्ममा क्षयरोग मुक्त देश घोषणा गर्ने लक्ष्य लिएपनि समुदायमा क्षयरोगका बिरामीहरु धेरै भएको र  उपचारको दायरामा ल्याउन नसक्दा चुनौती थपिएको स्वास्थ्य कार्यालय प्रमुख भानुभक्त जोशीको भनाइ छ ।

Last modified on 2021-08-30 10:46:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts