कोरोनाबाट थप २४ जनाको मृत्यु,६ सय २५ जना आईसीयूमा
काठमाडौं, १३ भदौ । नेपालमा थप २४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २४ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ७ सय १४ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ७ सय ९६ रहेको छ । जसमा ३२ हजार ७ सय ४४ जना होम आइसोलेसनमा छन् भने ३ हजार ५२ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।
यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ६ सय २५ जना आईसीयूमा उपचाररत छन् भने १ सय ६७ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।
Last modified on 2021-08-30 07:52:24