कृष्ण जन्माष्टमी: त्रिशुली अस्पतालमा सार्वजनिक विदा, सेवानै बन्द हुने



Download our app to get more features

नुवाकोट, १३ भदौ । हिन्दू धर्मावलम्बीहरूको एक महान पर्वको रूपमा रहेको कृष्ण जन्माष्टमीका दिन नुवाकोटको त्रिशुली अस्पतालमा सार्वजनिक विदा हुने भएको छ ।

सोमबार श्री कृष्ण जन्माष्टमीको अवसरमा जिल्ला स्थित त्रिशुली अस्पतालमा ओपीडी लगायतका सबै सेवा सुविधा बन्द हुने अस्पतालले जनाएको छ ‌ ।

अस्पतालको ल्याब, रेडियोलोजी, अन्य परीक्षण र नियमित ओपीडी सेवा समेत बन्द हुने अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालको आकस्मिक सेवा भने २४ घण्टा खुल्ला रहने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले जानकारी दिएका छन् ।

Last modified on 2021-08-29 17:19:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts