डाक्टरलाई कालो मोसो दल्नेहरुलाई कारवाहीको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित



Download our app to get more features

काठमाडौं, १३ भदौ । तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. बिनोद सिंहलाई कालो मोसो दल्नेहरुमाथि कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीहरु आन्दोलित बनेका छन्। 

घटना भएको तीन दिन भैसक्दा समेत उनिहरुलाई पक्राउ गरि कारवाही नगरिएको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलित बनेका हुन्। उनिहरुले आज बिहान तुलसीपुरमा बिरोध प्रदर्शनसहित दोषी माथि कारवाहीको माग गरेका छन्।  

डा. सिंह माथि गत शुक्रबार दिउँसो एमालेको अनेरास्ववियु नेता सर्जन परियार नेतृत्वको युवा समुहले सिंहको कार्यकक्षमै कालो मोसो दलेको थियो । कालो मोसो दल्ने समुह अहिले फरार छ। प्रहरीका अनुसार डा. सिंह माथि कालो मोसो दल्नेहरु सर्जन परियार, दिवस क्षेत्री र गणेश खड्का लगाएतको समुह हो। 

उनिहरु मेसु.लाई कालो मोसो दलेर मोटरसाईकल बाट भागेका थिए। घटनाको बिरोधमा राप्ती प्रादेशिक अस्पतालले ईमरजेन्सी बाहेकका सबै उपचार सेवाहरु बन्द गरेको छ। 

Last modified on 2021-08-29 16:32:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts