तिलगंगा आँखा प्रतिष्ठानले विस्तारित सेवा सुरु गर्दै



Download our app to get more features

काठमाडौं, १३ भदौ । काठमाडौंको तिलगंगामा रहेको तिलगंगा आँखा प्रतिष्ठानले सेवा अवधिलाई बढाउने भएको छ। कोभिड १९ को महामारी यथावतै रहे पनि सेवाग्राहीको चापलाई व्यवस्थित गर्न भदौ १६ गतेदेखि विस्तारित सेवा सुरु गर्ने प्रतिष्ठानले जनाएको छ।

हाल बिहान ८ बजेदेखि दिउँसो साढे ३ बजेसम्म मात्र सेवा प्रदान गर्दै आएको प्रतिष्ठानले भदौ १६ देखि साँझ साढे ६ बजेसम्म सेवा प्रदान गर्ने भएको छ। कार्यालय समयभित्र आँखा उपचारका लागि समय मिलाउन अप्ठ्यारो भएका र व्यस्तताको कारणले बिहान तथा दिउँसो उपचार सेवा लिन नसक्नेहरुलाई मध्यनजर गर्दै सेवा विस्तार गरएको प्रतिष्ठानले जनाएको छ।

अबदेखि नियमित सेवा र प्रिमियम सेवा लिन चाहने सेवाग्राहीले बिहान ८ बजेदेखि दिउँसो साढे २ बजेसम्म नाम दर्ता गर्न सक्नेछन् भने विस्तारित सेवा लिन चाहनेले दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म नाम दर्ता गरी सेवा लिन सक्ने प्रतिष्ठानले जनाएको छ।

साथै प्रतिष्ठानले ६ महिनादेखि प्रिमियम सेवा पनि सञ्चालन गरिरहेको छ । प्रिमियम आँखा उपचार सेवामा सहज तथा छिटो, लामो लाइन बस्न नपर्ने, सबै विशेषज्ञ डाक्टरहरु एकै ठाउँमा हुने आदि जस्ता सुविधा रहेका छन्। यो सेवा बिहान साढे ८ देखि दिउँसो ३ बजेभित्र लिन सक्नेछन्। 
प्रतिष्ठानमा आँखासम्बन्धी सबै सेवा उपलब्ध हुँदै आएको छ।

Last modified on 2021-08-29 15:25:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts