राप्ती प्रादेशिक अस्पतालका मेसुलाई कालोमोसो दलेपछि आकस्मिक बाहेकका सेवा बन्द



Download our app to get more features

दाङ, १२ भदौ । राप्ती प्रादेशिक अस्पताल तुल्सिपुरको आकस्मिक सेवा, डायलाइसिस र गाइने वार्ड बाहेक सबै सेवा बन्द भएको छ । 

शुक्रबार दिउँसो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहलाई कार्यकक्षमै गएर अनेरास्ववियूका जिल्ला अध्यक्ष सज्जन परियारको समूहले कालोमोसो दलेपछि त्यसको विरोधमा अस्पतालले सेवा बन्द गरेको हो । 

टायडफायडका बिरामीको कल्चर टेष्टको सेवा नभएको सिंहले बताएपछि मेसुसँग सामान्य विवाद हँुदा परियारको समूहले कालोमोसो दलेको अस्पताल प्रशासनले जनाएको छ । 

कालोमोसो दलेसँगै परियारको समूह फरार रहेको छ । मेसूलाई कालोमोसो दलेर फरार रहेको परियारको समूहलाई पक्राउ नगर्दा सम्म अस्पतालको अन्य सेवा बन्द गर्ने अस्पताल प्रशासनले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts