बीपी प्रतिष्ठानका रजिष्ट्रार डा.रेग्मीले दिए राजीनामा
काठमाडौं, ११ भदौ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले राजीनामा दिएका छन् ।
शुक्रबार उनले पदबाट राजिनामा दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले गरिरहेको छानबिनलाई सहयोग पुगोस् भन्ने उद्धेश्यले उनले राजीनामा दिएका हुन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले ४ साउनमा डा. रेग्मीलाई रजिष्टार पदमा नियुक्त गर्ने निर्णय गरेका थिए । मन्त्रालयले उनलाई पाँच वर्षसम्मका लागि रजिष्टारमा नियुक्त गरेको थियो।
Last modified on 2021-08-28 08:19:57