४० लाख बढीले लगाए कोरोनाविरुद्धको पूर्ण खोप,थप २५ जनाको मृत्यु
काठमाडौं, ११ भदौ । नेपालमा थप २५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २५ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ६ सय ६३ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५ सय ९९ रहेको छ । जसमा ३४ हजार ६ सय ७६ जना होम आइसोलेसनमा छन् भने २ हजार ९ सय २३ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।
यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ६ सय २२ जना आईसीयूमा उपचाररत छन् भने १ सय ७१ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घन्टामा देशभर १ लाख ७९ हजार ८ सय ६५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसँगै कोरोनाविरुद्ध खोपको दुबै डोज लगाउने संख्या ४० लाख ५२ हजार ७ सय ६५ पुगेको छ ।