कोरोनाविरुद्धको खोप लगाएका तथा नलगाएका सबै विधार्थीले परीक्षा दिन पाउने
काठमाडौं,११ भदौ । कोरोनाविरुद्धको खोप लगाएका तथा नलगाएका सबै विधार्थीले परीक्षा दिन पाउने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उमेर नपुगेर,कुनै स्वास्थ्य समस्या भएर वा अन्य कारणले खोप लगाउन नपाएका विधार्थीले कुनै बाधा बिना नै परीक्षा दिन पाउने भएका हुन ।
परीक्षा दिन जाँदा प्रेवश पत्र बोक्नुका साथै सही तरीकाले मास्क लगाउन,भौतिक दूरी कायम गर्न र सम्भव भएसम्म साबुन पानीले हात धुन वा स्यानिटाइजर प्रयो गर्न मन्त्रालयले आग्रह गरेको छ ।
नेपाल सरकारले परीक्षा दिने सबै विधार्थीहरुलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरेको छ ।
Last modified on 2021-08-27 16:43:46