सात दिन भित्र माग पूरा गर्न वीपी प्रतिष्ठनका चिकित्सकको अल्टिमेटम



Download our app to get more features

सुनसरी, ११ भदौ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत चिकित्सकहरूले ७ दिन भित्र आफ्ना माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका छन् ।

आफ्ना मागको सुनुवाइ नभए आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गर्ने उनीहरूको चेतावनी छ । शुद्धिकरणको माग राखेर ७४ दिनदेखि आन्दोलनरत चिकित्सक र कर्मचारीले सरकारले आफ्ना मागहरूको बेवास्ता गरेको आरोप लगाएका छन् ।

वीपी प्रतिष्ठान शुद्धिकरण अभियानका अभियन्ताहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर सरकारलाई अन्तिम पटक चेतावनी दिएका हुन् । मेडिकल शिक्षाबाट दक्ष जनशक्ति उत्पादन गर्ने संस्था रहेकाले यसलाई बचाउनका लागि आन्दोलन गर्दा समेत सरकारले सुनरवाइ नगरेको उनीहरूको आरोप छ ।

आन्दोलनरत चिकित्सक र कर्मचारीहरूले ६ सुत्रिय माग राखेर सरकारलाई अन्तिम चेतावनी दिएको प्रतिष्ठान शुद्धिकरण अभियानका सहसंयोजक डा. विष्णु पोखरेलले बताए ।

स्वास्थ्यमन्त्रालयले आन्दोलनकारीहरुसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रा.डा गोविन्द्र केसीबीच भएको सहमति कार्यान्वयन हुनुपर्ने, डा. बैकुण्ठ नेतृत्वको छानविन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिबेदन कार्यान्वयन हुनुपर्ने माग आन्दोलनकारीहरूको छ ।

त्यस्तै नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले स्वास्थ्य सेवा र शैक्षिक गतिविधिको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने, प्रतिष्ठानमा पदाधिकारीहरू छनोट मापदण्ड तयार गर्दा चिकित्सा शिक्षामा अनुभवी कम्तीमा २ जना प्राध्यापक समावेश गर्नुपर्ने र प्रतिष्ठानका पदाधिकारी डा. ज्ञानेन्द्र गिरीको हकमा प्राध्यापक भए नभएको प्रमाण स्वास्थ्य मन्त्रालयलाई बुझाइसकिएको हुनाले तत्काल कानुनी प्रक्रिया अघि बढाउनुपर्ने उनीहरूको माग छ ।

Last modified on 2021-08-27 16:17:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts