चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहको म्याचिङ प्रक्रिया सुरु हुँदै



Download our app to get more features

काठमाडौं, ११ भदौ । चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहको म्याचिङ प्रक्रिया आइतबारदेखि हुने भएको छ। स्नातक तहको एमबिबिएस, बिडिएस लगायतका चिकित्सा शिक्षामा भर्ना प्रक्रियाका लागि आइतबार देखि म्याचिङ प्रक्रिया सुरु गर्ने तयारी रहेको चिकित्सा शिक्षा आयोगले जनाएको छ । 

आयोगले आगामी आइतबार म्याचिङ सम्बन्धि सूचना प्रकाशित गर्ने तयारी गरीरहेको छ । 

आइतबारदेखि एमबिबिएस, बिडिएस लगायत सबै विषयको एकैपटक  म्याचिङको प्रक्रिया सुरु हुने आयोगका सूचना अधिकारी  सेमन्तराज कोइरालाले जानकारी दिए । 

कोरोना महामारीका कारण लामो समयदेखि चिकित्सा शिक्षा स्नातक तहको पढाइ सुरु हुन सकेको छैन् । म्याचिङ सुरुभएसँगै विद्यार्थी भर्ना प्रक्रिया सुरु हुने आयोगले जनाएको छ । 

Last modified on 2021-08-27 16:17:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts