पालिकास्तरीय स्वास्थ्य कार्यक्रमहरुको वार्षिक प्रगति समीक्षा सुरु



Download our app to get more features

बझाङ, ११ भदौ । जिल्लाका विभिन्न पालिकाहरुकाबाट सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति समीक्षा तथा योजना तर्जुमा गोष्ठी शुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजनामा बझाङका १२ वटा स्थानीय तहहरुबाट प्रवाह भएका स्वास्थ्य सेवाहरुको बारेमा प्रगति समीक्षा गरिनुका साथै योजना तर्जुमा गरिने भएको छ ।

दुई दिन सम्म चल्ने बार्षिक प्रगति समीक्षा कार्यक्रम आर्थिक बर्ष ७७–७८ मा भए गरेका सफल कामहरु, हुन नसकेका कामहरुको बारेमा पालिकास्तरीय समीक्षा भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानु जोशीले जिल्लामा स्वास्थ्य क्षेत्रमा गएको बर्ष भएका उपलब्धी, सफल अभ्यासहरु र हुन नसकेका कामहरु र हुन नसक्नु कारण सहित आगामी दिनहरुमा सुधार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए ।

उनले सबै भन्दा राम्रो काम गर्ने तीन वटा पालिकाकालाई सम्मान गर्ने समेत बताए ।  पछिल्लो समयमा जिल्लाको स्वास्थ्य अबस्थाका बारेमा जानकारी दिदै प्रमुख जोशीले कोरोना संक्रमणको अग्रभागमा रहेर स्वास्थ्यक्रर्मीहरुले गरेको कामको प्रशंसा गरेका थिए । उनले अझैं पनि स्वाथ्य कर्मीहरुलाई खटेर लाग्न आग्रह समेत गरेका थिए ।

उद्घाटन समारोहमा बिभिन्न पालिकाहरुको संक्षिप्त प्रस्तुति गरिएको छ भने १२ वटै स्थानीय तहका स्वास्थ्य संयोजकहरुको सहभागितकामा दुई दिन सम्म सबै पालिकाहरुको प्रस्तुति रहने र आगामी आर्थिक बर्षको योजना तर्जुमा समेत गरिने भएको छ  । 

कार्यक्रमका प्रमुख अतिथि रहेका जिल्ला समन्वय समितिका संयोजक खडक बहादुर  खड्काले पछिल्लो समयमा कोरोना संक्रमणको अग्रभागमा रहेर स्वास्थ्यकर्मीहरुले गरेको योगदानको प्रसंसा गर्दैै तेस्रो लहरको कोभिडको तयारी अबस्थामा रहन समेत आग्रह गरे ।

कार्यक्रममा बोल्दै नगरपालिका स्वास्थ्य प्रमुख जनक सिंहले स्वास्थ्यकर्मीले कोरोनाको महामारीमा दिन रात परिवार नभनि खटेको समयमा हौसला सहित, सुरक्षा दिनुपर्नेमा  प्रहरीले स्वास्थ्यकर्मी माथि हस्तक्षप गरेको  गुनासो गरेका थिए । कोभिड साम्रगी लिएर जादै गर्दा प्रहरीले स्वास्थ्यकर्मी माथि हस्तक्षप गरेको उल्टै पत्रकारले स्वास्थ्यकर्मीकै गल्ति देखाएर बिभिन्न माध्यममा छापेको भन्दै पत्रकारले सत्यतथ्य बुझेर मात्र कलम चलाउनुपर्ने बताएका थिए । कार्यक्रममा अधिकांश बक्ताहरुले कार्यक्रम प्रभाबकारी भएको र पहिलेको भन्दा अहिले स्वास्थ्य क्षेत्रले राम्रो फड्को मारेको बताएका छन् ।

Last modified on 2021-08-27 14:48:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts