आजदेखि काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा दिइने 



Download our app to get more features

काठमाडौं,११ भदौं । काठमाडौंमा आजदेखि भेरोसेलको दोस्रो मात्रा दिइने भएको छ । आजदेखि तीन दिनसम्म उक्त  खोप अभियान चल्ने छ ।

स्वास्थ्य कार्यालय काठमाडौंले यसअघि  भदौ ९ गतेदेखि दोस्रो डोज दिने कार्यतालिका बनाएपनि भदौ ५, ६ र ७ गते लगातार तीन दिन सार्वजनिक विदा पर्न जाँदा कार्यतालिका केही हेरफेर गरेर आजदेखि खोप अभियान सञ्चालन गर्न लागेको हो । 

यस खोप अभियानमा २ लाख १६ हजार नागरिकले भेरोसेलको दोस्रो डोज लगाउने अनुमान स्वास्थ्य कार्यलयले गरेको छ । 

भेरोसेलको दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको कार्ड लिएर जानुपर्ने कार्यलयले जनाएको छ । 


 

Last modified on 2021-08-27 10:59:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts