हैजा विरुद्धको खोपको क्लिनिकल ट्रायल नेपालमा गर्न अनुमति
काठमाडौं, १० भदौ । सरकारले हैजाविरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’का लागि अनुमति दिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले हैजाविरुद्धको खोपको क्लिनिकल ट्रयल गर्न अनुमति दिने गर्ने निर्णय गरेको हो ।
“हैजा खोप (सार्कोभ टु–एमआरएनए भ्याक्सिन) को क्लिनिकट ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय भएको,” कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
Last modified on 2021-08-27 07:44:23