गत २४ घन्टामा ७० हजार बढीले लगाए कोरोनाविरुद्धको खोप,थप २६ जनाको मृत्यु
काठमाडौं, १० भदौ । नेपालमा थप २६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २६ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ६ सय ३८ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ८४ रहेको छ । जसमा ३५ हजार ३४ सय ५४ जना होम आइसोलेसनमा छन् भने ३ हजार ३० जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।
यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ६ सय २० जना आईसीयूमा उपचाररत छन् भने १ सय ६५ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घन्टामा देशभर ७० हजार २६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसँगै कोरोनाविरुद्ध खोपको दुबै डोज लगाउने संख्या ३९ लाख ४९ हजार ५ सय २९ पुगेको छ ।