भारतद्वारा वीपी प्रतिष्ठानलाई अक्सिजन प्लान्ट हस्तान्तरण
काठमाडौं, १० भदौ । भारत सरकारले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।
बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई अक्सिजन प्लान्टसहितका अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन।
राज्यमन्त्री श्रेष्ठले आगामी दिनमा भारतले बाचा गरेको र खरिद गरेको कोभिशिल्ड खोप उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन्।
उनले वर्तमान सरकार बनेको एक महिनाको अवधिमा करिब ५० लाख खोप लगाइसकेको बताए। १८ प्रतिशत जनतालाई खोपको पहिलो मात्रा र १३ प्रतिशत जनतालाई खोपको पूर्ण मात्रा लगाइएको जानकारी दिए।
नेपालका लागि भारतिय राजदूत विनयमोहन क्वात्राले कोभिड–१९ संक्रमणका बेलामा अक्सिजन प्लान्टको आवश्यकता पर्ने भन्दै नेपाल र भारत छिमेकी देश भएका नाताले आपसमा निर्भर भएर काम गर्नुपर्ने बताए ।
उनले कोभिड–१९ नियन्त्रणका लागि नेपाल सरकारलाई आगामी दिनमा पनि सहयोग गर्न भारत सरकार तयार रहेको बताए ।