स्याङ्जामा भदौ २५ सम्म निषेधाज्ञा थप
स्याङ्जा, १० भदौ । जिल्लामा भदौ २५ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
कोरोना संक्रमण नियन्त्रण गर्न वैशाख २१ गतदेखि जारी निषेधाज्ञा पुनः १५ दिनका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । खुकुलो पार्दै निषेधाज्ञा थपिए पनि संक्रमणको जोखिम पुनः बढेको छ ।
जिल्लामा हाल कोभिड– १९ को नयाँ भेरियन्ट बालबालिकाहरूमा समेत देखा परेकोले क्याम्पस, विद्यालयलगायतका सबै प्रकारका शैक्षिक संस्थाहरू बन्द गरिएको छ ।
विद्यार्थीको पढाइ भौतिक रुपमा उपस्थित नभएर अनलाइनको माध्यमबाट सञ्चालन गर्न प्रशासनद्वारा जारी गरिएको आदेशमा उल्लेख गरिएको छ ।