बुढानीलकण्ठमा शुक्रबार भेरोसेल खोपको दोस्रो मात्रा लगाइने



Download our app to get more features

काठमाडौं, १० भदौ । बुढानीलकण्ठ नगरपालिकामा भदौ ११ गते  शुक्रबारबाट कोभिड १९ विरुद्धको चाईनिज भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ ।

नगरपालिकामा यस अघि साउन १५ र १६ गते चाईनिज भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई दोश्रो मात्राको खोप कार्यक्रम शुक्रबारमात्र सञ्चालन हुने नगरपालिकाले जनाएको छ । 

खोप अभियानका लागि नगरपालिकाको स्वास्थ्य महाशाखाले नगरका सबै वडामा खोप केन्द्र सञ्चालन गर्न लागेकोले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना हुने गरी बिहान १०ः०० बजे देखि दिउँसो ४ः०० बजेसम्म तोकिएका खोप केन्द्र हरुमा खोप लगाउन सकिने नगरपालिकाले बताएको छ । 

नगरपालिकामा शुक्रबार हुन लागेको खोप कार्यक्रमका लागि  प्रत्यक वडामा  खोप केन्द्रहरु सञ्चालन गरिएको छ । वडा नं १ मा आधारभूत स्वास्थ्य केन्द्र, तौलुङ चौतारा, वडा नं २ मा चपली भद्रकाली स्वास्थ्य चौकी, वडा नं ३ मा बूढानीलकण्ठ स्वास्थ्य चौकी, वडा नं.४ मा श्री राम आधारभूत विद्यालय, पासिकोट, वडा नं ५ मा शहरी स्वास्थ्य केन्द्र, विष्णुमती, वडा नं ६ मा खड्का भद्रकाली स्वास्थ्य चौकी, वडा नं ७ मा आधारभूत स्वास्थ्य केन्द्र तल्लो खत्रीगाउँ, वडा नं ८ मा महाकाल स्वास्थ्य चौकी, वडा नं ९ मा श्री नेश्नल आइडियल स्कूल, वडा नं १० मा श्री माउण्ट एभेरेष्ट इग्लिस स्कुल, फेन्डसिप नजिकै, वडा नं ११ मा कपन स्वास्थ्य चौकी, वडा नं १२ मा श्री त्रिज्योति स्कुल, कपन, र वडा नं १३ मा चुनिखेल स्वास्थ्य चौकीलाई   खोप केन्द्र तोकिएको छ ।
 

Last modified on 2021-08-26 16:26:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts