सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट राखिँदै
सिन्धुपाल्चोक, १० भदौ । सिन्धुपाल्चोकमा टर्कीबाट खरिद गरिएको अक्सिजन प्लान्ट राखिने भएको छ । सरकारले २ करोड भन्दा बढि लागतमा चौतारा स्थित जिल्ला अस्पतालमा उक्त अक्सिजन प्लान्ट जडान गर्न लागिएको हो ।
सिन्धुपाल्चोकमा यसअघि नै पीसीआर उपकरण पुर्याइसकिएको छ भने अक्सिजन प्लान्ट राख्ने संरचना बन्दै गरेकोले एक हप्ता भन्दा पहिल्यै आएको अक्सिजन प्लान्ट भक्तपुर स्थित नलिनचोकको एक गोदाममा राखिएको छ । अरु जिल्लामा चिनियाँ कम्पनीको मेशिन पठाए पनि सिन्धुमा भने टर्कीबाट खरिद गरिएको मेसिन जडान गर्न लागिएको बागमती प्रदेशका पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले बताए।
बुधबार बागमती प्रदेश सरकारका तत्कालिन सामाजिक विकास मन्त्री सरस्वती बस्नेत,पुर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपाल, अनेरास्ववियु जिल्ला अध्यक्ष रामचन्द्र थापा , नेकपा एमाले जिल्ला कमिटी सदस्य कमल कृष्ण नेपाल लगायतले उक्त्त अक्सिजन प्लान्टको अनुगमन गरेका थिए ।
उक्त्त मेसिन अब केहि दिनमा चौतारा पुग्ने बताउँदै पुर्व मन्त्री नेपालले अब सिन्धुपाल्चोक लगायतका बागमती प्रदेश भित्रका बिरामीहरु अक्सिजनको अभावमा मर्न नपर्ने गरि प्रदेश सरकारले अक्सिजन प्लान्टहरु सबै जिल्लामा स्थापना गरिरहेको बताए ।