रुकुम पश्चिममा भाद्र १५ देखि विद्यालय खुल्ने



Download our app to get more features

रुकुम, १० भदौ । कोरोना महामारीका कारण लामो समयदेखी बन्द रहेका रुकुम पश्चिमका स्कुलहरु अन्तत भाद्र १५ देखि खुल्ने भएका छ्न् ।

सदरमुकाम मुसिकोटमा पालिका स्तरीय प्रमुखहरु र सरोकारवाला निकायसङगको छलफल पश्चात् स्कुलहरु खुल्ने सहमति भएको हो ।

बिद्यार्थिहरुको पठनपाठन ठप्प भएको र शैक्षिक क्षेत्र खस्किन लागेको भन्दै खुल्ने निर्णय भएको हो ।

यसैबीच बुधबार मात्र आठबिसकोट नगरपालिका शिक्षा शाखाले राखेको प्रधानाध्यापकहरुको बैठकले पनि भौतिकरुपमै उपस्थिति भएर पठनपाठन गर्ने निर्णय गरेको छ ।

अरु सबै क्षेत्र निर्वाध खुलेको र स्कुल मात्र बन्द गर्दा विद्यार्थिहरुको भबिस्य अन्यौलग्रस्त हुदा छिट्टै स्कुल सञ्चालन गर्नु परेको आठबिसकोट नगरपालिकाका बिद्यालय निरीक्षक ईन्द्र बहादुर बिष्टले बताए ।

 उनले भने, ‘स्कुलहरु बन्द हुदा बिद्यार्थिहरुको पढ्ने बानी हराएको छ, सिफ्ट प्रणाली बाट, स्वास्थ्य मापदण्ड कडाईका साथ अपनाएर पठनपाठन हुनेछ, समस्या देखिए पुन स्मार्ट लकडाउन गरिने छ । त्यस्तै रुकुम पुर्वको सिस्ने गाउपालिकाले पनि भाद्र १३ देखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ । गतवर्ष कार्तिक १६ देखि संचालन भएका स्कुलहरु यो वर्ष भने २ महिनाअघि नै सञ्चालन गर्न लागिएको हो ।’


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts