कोरोनाबाट थप ४४ जनाको मृत्यु,६ सय १० जना आईसीयूमा

काठमाडौं, ९ भदौ । नेपालमा थप ४४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टा र नेपाली सेनाले केही दिनको बीचमा शव व्यवस्थापन गरेको विवरण गरेर देशभर ४४ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ६ सय १२ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २ सय ८७ रहेको छ । जसमा ३५ हजार २ सय ५० जना होम आइसोलेसनमा छन् भने ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।
यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ६ सय १० जना आईसीयूमा उपचाररत छन् भने १ सय ६१ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।
Last modified on 2021-08-26 08:39:18