गत २४ घन्टामा थपिए २ हजार ४ सय ८२ कोरोना संक्रमित



Download our app to get more features

काठमाडौं,९ भदौ । गत २४ घन्टामा देशभर थप २ हजार ४ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १५ हजार २ सय २० कोरोना परीक्षण गर्दा २ हजार ४ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको अद्यावधि विवरण अनुसार गत २४ घन्टामा देशभर ९ हजार ७ सय ११  आरटी पिसिआर परीक्षण गर्दा  १ हजार ८ सय ६२ र ५ हजार ५ सय ७९ एन्टीजेन परीक्षण गर्दा ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमित मध्ये  १ हजार ७ सय ८१  जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ३ हजार ९ सय ६४ पुगको छ । 

Last modified on 2021-08-26 08:39:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts