भदौ ११ गतेदेखि काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा दिइने 



Download our app to get more features

काठमाडौं,९ भदौ । काठमाडौंमा भदौ ११ गतेदेखि भेरोसेलको दोस्रो मात्रा दिइने भएको छ । भदौ ११ गतेदेखि तीन दिनसम्म उक्त  खोप अभियान चल्ने छ । 

स्वास्थ्य कार्यालय काठमाडौंले यसअघि  भदौ ९ गतेदेखि दोस्रो डोज दिने कार्यतालिका बनाएपनि भदौ ५, ६ र ७ गते लगातार तीन दिन सार्वजनिक विदा पर्न जाँदा कार्यतालिका केही हेरफेर भएको स्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले बताएका छन् ।

उक्त खोप अभियानमा २ लाख १६ हजार नागरिकले भेरोसेलको दोस्रो डोज लगाउने अनुमान स्वास्थ्य कार्यलयले गरेको छ । 

भेरोसेलको दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको कार्ड लिएर जानुपर्ने कार्यलयले जनाएको छ । 

Last modified on 2021-08-25 16:56:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts