आजदेखि स्काउट र राष्ट्रिय सेवा दलका सदस्यलाई कोरोना खोप दिइँदै
काठमाडौं,९ भदौ । स्काउट र राष्ट्रिय सेवा दलका सदस्यलाई कोरोना खोपको पहिलो डोज दिइने भएको छ । आजदेखि बुधबार काठमाडौंमा उनीहरुलाई कोरोनाविरुद्ध खोप दिइँदै छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार नेपाल स्काउट र राष्ट्रिय सेवादलका १८ वर्ष उमेर पुगेका व्यक्तिलाई बुधबारदेखि नै पहिलो डोज दिन सुरु गरिएको हो ।
खोप लगाउन जादा उनीहरुले विद्युतीय अनलाइन दर्ता अनिवार्य साथै लिएर जानुपर्ने छ । खोप यसअघि नै तोकिएका खोप केन्द्रहरुबाट लगाउन सकिने छ ।
बिहीबारसम्म चल्ने यो खोप अभियानमा खोप केन्द्रमा उपलब्ध भएको भेरोसेल वा एस्ट्राजेनेकाको खोप लगाउन सक्ने छन् ।
Last modified on 2021-08-25 16:56:34