निजी कलेज सञ्चालकहरुले राष्ट्रिय चिकित्सा शिक्षा आयोगलाई बुझाए चाबी

काठमाडौं, ९ भदौ ।चिकित्सा शिक्षा आयोगले संचालन गरेको मेडिकलतर्फका एकीकृत प्रवेश परीक्षामा नर्सिङ र फार्मेसीतर्फ सिट सख्या भन्दा थोरै विद्यार्थी उत्तीर्ण भएपछि निजी मेडिकल कलेज संचालकहरुले कलेजका चाबी आयोगलाई बुझाएका छन् ।
मंगलबार निजी मेडिकल कलेज संचालकहरुको समुहले थोरै विद्यार्थी उत्तीर्ण भएपछि कलेजमा तोकिएका सिटहरु खालि हुने भएकोले कलेज चलाउनु भन्दा बन्द गरेर चाबी बुझाएको जनाएका छन् । कलेज संचालकहरुले नर्सिङ र फार्मेसीमा कोटा अनुसार विद्यार्थी उत्तीर्ण नहुँदा कलेजनै बन्द हुने अवस्था आएकोले राष्ट्रिय चिकित्सा शिक्षा आयोगलाई चाबी बुझाएको स्वास्थ्य विज्ञान तथा शिक्षालय संघ (एसिया)का अध्यक्ष यम प्रसाद अधिकारीले बताए ।
अधिकारीकै नेतृत्वमा मंगलबार पूर्वाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालय अन्र्तगतका पारा मेडिकल कलेज संचालकहरुले आयोगले थोरै विद्यार्थी पास गराएर कलेज बन्द गर्ने नियत राखेको भन्दै आयोगका उपसचिव सेवन्त कोइरालालाई चाबी बुझाएको बताए। कलेज संचालकहरुले शैक्षिक सत्र ०७७/०७८मा चिकित्सा शिक्षा आयोगले लिएको पारामेडिक्सको प्रवेश परीक्षामा विभिन्न विश्वविद्यालयहरुले अपनाउने प्रवेश परीक्षाको विधि अनुसार न्यूनतम ३५ प्रतिशत उत्तिर्णाक ल्याएका विद्यार्थीहरुलाई योग्यता क्रमका आधारमा विद्यार्थी भर्ना गर्ने व्यवस्था मिलाउन माग गरेको छ।
आयोगले पहिलो पटक संचालन गरेको एकीकृत प्रवेश परीक्षामा पारामेडिकलतर्फ बिएस्सी नर्सिङमा एक हजार दुइ सय चालिस सिट निर्धारण गरेको थियो। जसमा आवेदकहरु तीन हजार चार सय ७८ रहेका थिए। जसमध्ये उत्तीर्ण हुनेहरुको सख्या पाँच सय चार मात्र रहेको छ। भने बी–फार्मेसीतर्फ कुल सिट सख्या ९ सय २ तोकिएको छ।आवेदकहरु भने तीन हजार एक सय ३८ थिए। उत्तीर्ण विद्यार्थीहरु ५ सय ४३७ मात्र रहे।
यसैगरी बीपीएचतर्फ सिट संख्या एक हजार चार सय २० रहेको छ। आवेदकहरु दुइ हजार ६ सय २३ थिए। जसमध्ये ५ सय ६५ मा उत्तीर्ण हुन सकेका छन्। यी विषयहरुमा सिट सँख्या भन्दा आधा विद्यार्थी पनि पास हुन सकेका छैनन्। बीएस्सी एमआईटी तर्फ ७१ सिट सँख्या तोकिएको छ। जसमा २ सय ६८ ले आवेदन दिएका थिए। पास भने ४५ मात्र हुन सके।
बीएस्सी एमएलटी विषयमा सिट कोटा आयोगले चार सय २५ निर्धारण गरेको थियो । आवेदक एक हजार थिए। पास हुने विद्यार्थीहरु एक सय १८ मात्र रहे। बीपीटी तर्फ एक सय ५० कोटा निर्धाण गरेको छ। आवेदकहरु ५ सय ३८ रहे पनि उत्तीर्ण विद्यार्थीको सख्या एक सय १४ मात्र रहेको छ। बीएएसएलपी तर्फ आयोगले ६ कोटा तोकेको थियो। आवेदकहरु ६४ थिए तर पास हुने विद्यार्थी ६ नै रहे। चिकित्सा शिक्षा आयोगले ०७५मा ऐन लागु गरेपछि मेडिकल कलेजहरुको एकीकृत प्रवेश परीक्षा संचालन, नतिजा प्रकासन तथा ब्यवस्थापन, सिट निर्धारण, शुल्क निर्धारण र कलेज अनुगमन नियमन लगाएत सबै काम गर्ने जिम्मेवारी पाएको हो।
अध्यक्ष अधिकारीले आयोगलाइ प्रश्न गर्दै भने, ‘आयोगले मेडिकल शिक्षाको क्षेत्रमा सिट निर्धारण गर्नेदेखि परीक्षा संचालन र नतिजा प्रकाशन सबै काम आफैँ गर्ने अनि विद्यार्थी पनि धेरै फेल गराउने कस्तो निति हो आयोग को?’ आयोगले नेपालमा पारामेडिकलतर्फ धेरै विद्यार्थी फेल गराएर नेपाली विद्यार्थीलाई विदेशमा पठाएर अन्योल पार्न खोजेको देखियो। किन भने विदेशबाट अध्ययन गरेका विद्यार्थीले मेपनलमा मेडिकल तर्फ मान्यता पाउँदैनन्।’ उनले थपे ‘पारामेडिकल तर्फ आयोगले तोकेको पास मार्क ५० प्रतिशत बाट घटाएर ३५ प्रतिशत बनाउनु पर्छ।