कोरोनाबाट नेपालमा थप ३५ जनाको मृत्यु,६ सय २० जना आईसीयूमा



Download our app to get more features

काठमाडौं, ८ भदौ । नेपालमा थप ३५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३५ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ५ सय ६८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २ सय ५० रहेको छ । जसमा ३५ हजार १ सय ४५ जना होम आइसोलेसनमा छन् भने ३ हजार १ सय ५ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।

यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ६ सय २० जना आईसीयूमा उपचाररत छन् भने १ सय ७० जना भेन्टिलेटरमा भर्ना भएका छन् ।

Last modified on 2021-08-25 07:57:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts