देशभर १४ हजार बढीको कोरोना परीक्षण, एकैदिन थपिए २५ सय २५ संक्रमित

काठमाडौं, ८ भदौ । गत २४ घन्टामा देशभर थप २ हजार ५ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १४ हजार ८ सय १० कोरोना परीक्षण गर्दा २ हजार ५ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयको अद्यावधि विवरण अनुसार गत २४ घन्टामा देशभर ९ हजार ९ सय ९ आरटी पिसिआर परीक्षण गर्दा २ हजार २० र ४ हजार ९ सय १ एन्टीजेन परीक्षण गर्दा ५ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३१ हजार ९ सय ६८ पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमित मध्ये २ हजार ८६ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख २ हजार १ सय ८३ पुगको छ ।
Last modified on 2021-08-25 07:57:19