उदयपुरमा भदौ १० देखि भेरोसेलको दोस्रो मात्रा दिइने

काठमाडौं, ८ भदौ । उदयपुरमा भदौ १० र ११ गते भेरोसेलको दोस्रो मात्रा दिइने भएको छ ।
स्वास्थ्य कार्यलय उदयपुरले आज सुचना जारी गर्दै आसार र साउनमा कोरोना विरुद्धको भेरोसेल खोप लगाएका लक्षित वर्गलाई साविककै खोपकेन्द्रहरुबाट दोस्रो मात्रा लिन आग्रह गरेको हो ।
खोपकेन्द्रमा खोप लगाउन जादा आफ्नो खोपकार्ड र परिचय पत्र सहित जानका लागि कार्यलयले अनुरोध गरेको छ ।
Last modified on 2021-08-24 16:49:30