निषेधाज्ञा बारे छलफल गर्न सीसीएमसी र उपत्यकाका सीडीओको बैठक बस्दै



Download our app to get more features

काठमाडौं,८ भदौ । उपत्यकामा जारी निषेधाज्ञा बारे छलफल गर्न आज सीसीएमसी र उपत्यकाका सीडीओको बैठक बस्दै छ । 

अहिले निषेधाज्ञाबारे निर्णय गर्न  डीसीसीएमसीको बैठक बसिरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् ।

डीसीसीएमसीले गरेको प्रस्तावका आधारमा निषेधाज्ञाको मोडालिटीबारे छलफल हुने पराजुलीले जानकारी दिएका छन् ।

पछिल्लो साता थप गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ। उक्त समयमा बजेपछि अत्यावश्यक बाहेकका सबै किसिमका सवारी साधन चल्न रोक लगाइएको थियो ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts