अफगानिस्तानबाट फर्केका १ सय ८ जनालाई दिइयो पोलियो खोप, छुटेकालाई पनि लगाउन आग्रह



Download our app to get more features

काठमाडौं, ८ भदौ । सरकारले अफगानिसतानबाट नेपाल फर्केकाहरुलाई नजिकैको खोप केन्द्रबाट पोलियो खोप लगाउन आग्रह गरेको छ ।

तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानबाट उद्दार गरेर ल्याइएका नेपालीलाई नजिकैको खोप केन्द्रमा गएर पोलियो खोप लगाउन सरकारले आग्रह गरेको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जो नेपाली घर फर्किसकेका छन् उनीहरुलाई नजिकैको खोप केन्द्रमा गएर पोलियो खोप दिन भनेर पत्राचार भइसकेको बताएको छ ।

महाशाखाका वरिष्ठ मेडिकल सुप्रिटेन्डेन्ट डा.हेमन्तचन्द्र ओझाले अफगानिस्तानबाट सोमबार उद्दार गरि ल्याइएका १ सय ८ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पोलियो खोप लगाइएको बताए ।

उनले सोमवार आएका सबै १ सय ८ नेपालीलाई विमानस्थलमै खोप लगाइएको भन्दै पोलियो खोप लिन छुटेका नेपालीलाई खोप लगाउनका लागि आग्रह गरेका हुन् ।

उनका अनुसार विश्व स्वास्थ्य संगठन अन्तर्गतको इन्टरनेशनल हेल्थ रेगुलसनको सिफारिस आएपछि अफगानिस्तानबाट फर्किएका नेपालीहरुलाई पोलियो खोप दिने निर्णय भएको बताए । सोही निर्णय अनुसार उद्दार गरि ल्याएका नेपालीलाई पोलियो खोप लगाउने काम सुरु भएको पनि उनले जानकारी दिए ।

तालिबानले अफगानिस्तानमाथि कब्जा गरेपछि त्यहाँ रहेकामध्ये साढे ५ सयभन्दा बढी नेपाली नेपाल फर्किएका छन् ।

Last modified on 2021-08-24 11:22:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts