कोरोनाबाट थप २४ जनाको मृत्यु,देशभर ३८ हजार बढी सक्रिय संक्रमित
काठमाडौं, ७ भदौ । नेपालमा थप २४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २४ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ५ सय ३३ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ५१ रहेको छ । जसमा ३५ हजार १ सय ३२ जना होम आइसोलेसनमा छन् भने ३ हजार २ सय १९ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।
यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ६ सय ७९ जना आईसीयूमा उपचाररत छन् भने १ सय ७६ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।
गत २४ घन्टामा देशभर १२ हजार ३ सय ४४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने हालसम्म कोरोनाको दुबै मात्रा खोप लगाउनेको संख्या ३८ लाख ५७ हजार ५ सय ९८ पुगेको छ ।