‘तपाईं स्वस्थ हुनुहुन्छ ?’ प्रश्न सोध्दै जीवन चक्र



Download our app to get more features

काठमाडौं, ७ भदौ । ‘तपाईं स्वस्थ हुनुहुन्छ ?’ प्रश्न सोध्दै जीवन चक्र टेलिसिरियल प्रसारणमा आएको छ । 

हरेक समस्याको मुल कारण अस्वस्थता हो भन्ने मुल अवधारणामा जीवन चक्र सिरियल प्रसारण भइरहेको छ । 

नेपाल टेलिभिजनमा हाल प्रशारणमा रहेको यो टेलिसिरियलको सुरुवाती चरणका केही भागहरु कर्णाली क्षेत्रमा केन्द्रित रहेर मुगुको दुर्गम गाउँमा छायाङ्कन गरिएको छ ।

स्वास्थ्य चौकीमा भूत बस्छ भन्ने अन्धविश्वासका कारण बन्द हुन पुगेको उक्त स्वास्थ्यचौकी खोल्न गाउँ पुगेका स्वास्थ्यकर्मीको भूमिका विशाल पोख्रेलले अभिनय गरेका छन् । कर्णाली सिरिजपछि सुदुरपश्चिम सिरिज त्यसपछी मधेस सिरिज अनि अन्त्यमा शहर सिरिजका रुपमा आउने जीवन चक्र स्वास्थ्यका गम्भीर र जड विषयहरुमा केन्द्रित रहि उत्पादन गरिएको छ ।

युनिसेफको सहयोगमा स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रले निर्माण गरेको जीवन चक्र यस वर्ष मनोज पन्डितको लेखन र निर्देशनमा निर्माण भैरहेको छ भने अल थ्री मिडिया घरले प्राविधिक व्यवस्थापन गरिरहेको छ ।

मनोरञ्जनका अनेकौँ विकल्प उपलब्ध भैरहेको अवस्थामा यो नयाँ सस्करणको जीवन चक्र नेपाली दर्शकले किन हेर्ने भन्ने प्रश्नमा निर्देशक पन्डित भन्छन्– “जीवन चक्र त्यस्तो मन्त्र हो जसले मानव समाजको अधिकांश समस्या समाधान गर्न मार्गदर्शन गर्छ । यो सिरिज त्यो चेतनालाई आत्मसाथ गर्नका लागि हेर्ने हो । किनकी हामी अनेकौँ समस्याहरुबाट ग्रसित छौँ । मनोरञ्जन गर्नु मात्रै मुल कुरो होइन, चेतनाको विकास ठूलो कुरो हो तर त्यसो भन्दैमा मनोरञ्जनलाई बेवास्ता गरिएको छैन । श्रृजनशिल मनोरञ्जनलाई हामीले महत्व दिएका  ।”

के तापाईं स्वस्थ हुनुहुन्छ ? भन्ने आफ्नो मुल मन्त्र बनाएको जीवन चक्रका लागि अध्ययन अनुसन्धान गर्दै जादा समाजमा पूर्ण स्वस्थ मानिस भेटाउन गाह्रो भएको अनुभव सुनाउदै निर्देशक पन्डित भन्छन्, “हामी सबै अस्वस्थ छौ । भौतिक स्वास्थ्यको लागि केही पहल भएपनि मानिसको स्वास्थ्यमा हामी सबैको ध्यानाकर्षण पुगेको छैन ।” 

जीवन चक्रले यहि एउटा तथ्य स्थापित मात्र गर्न सक्यो भने आफ्नो अथक र इमान्दार प्रयत्न सार्थक हुने उनी बताउछन् छौँ । 

नेपाल टेलिभिजनमा हरेक आईतबार ७ः२५ बजे प्रशारण हुदै आईरहेको जीवन चक्रको छायाङ्कन डोर बहादुर कटुवाल, सम्पादन सन्तोष दवाडी र संगीत पुष्कर महतोले गरेका हुन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts