नेपाल आइपुग्यो जापानले अनुदानमा दिएको ५ लाख ५९ हजार डोज एस्ट्राजेनेका खोप
काठमाडौं,७ भदौ । जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ ।
आज अन्तिम चरणमा बिहान ९:४५ बजे कतार एयरवेजको विमानमार्फत ५ लाख ५९ हजार ३ सय ६० डोज खोप नेपाल आइपुगेको हो ।
१६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये भदौ ५ गते २ लाख ८ हजार ७ सय डोज र गत साउनमा ९ लाख डोज खोप नेपाल आइसकेको छ ।
जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत १६ लाख १४ हजार ७४० डोज अस्ट्राजेनेका खोप सहयोग गरेको हो। प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा १ करोड १६ लाख मात्रा खोप प्राप्त भइसकेको छ।
Last modified on 2021-08-23 15:16:02