सात सदस्यीय ‘ककस’ गठन
 
            काठमाण्डौं, ११ चैत्र । विश्व क्षयरोग दिवसका अवसरमा विश्वबाट क्षयरोग निवारण गर्न सांसद शेरबहादुर तामाङको संयोजकत्वमा सात सदस्यीय ‘ककस’ गठन गरिएको छ । ‘भोलिन्टियर फर डेभलपमेन्ट नेपाल’ नामक सामाजिक संस्थाको अग्रसरतामा विभिन्न राजनीतिक दलका नेताको सहभागितामा ककस निर्माण गरिएको हो । 
ककसमा सांसदहरु अइन्द्रसुन्दर नेम्बाङ, शत्रुधन महतो, रीता शाही, योगेन्द्र घिसिङ, कमलाकुमारी घिमिरे तथा पूर्व सांसद उषाकला राई सदस्य छन् । 
ककसका संयोजक सांसद तामाङले विश्वमा नियन्त्रण भइसकेको रोगलाई नेपालमा पनि न्यूनीकरण गर्न सम्बन्धित पक्षसँग छलफल तथा सरकारसँग समन्वय गर्न भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । भोलिन्टियर फर डेभलपमेन्ट नेपालका कार्यकारी निर्देशक वसन्त पराजुलीले प्रत्येक वर्ष नेपालमा पाँचदेखि सात हजार बिरामी क्षयरोगबाट मर्ने गरेको जानकारी दिए ।
रासस
 
                
                
- 
                View Other Stories by Author >>
 
                                    
 
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                