कोरोनाबाट बाँकेमा थप दुई जनाको मृत्यु



Download our app to get more features

काठमाडौं,६ भदौं । कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । 

 मृत्यु हुनेमा सुर्खेतको सिम्ता गाउँपालिका–३ का ७१ वर्षीय पुरुष र दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५५ वर्षीय पुरुष रहेका छन् । 

उनीहरुको उपचारको क्रममा आज भेरी अस्पतालमा मृत्यु भएको हो । सुर्खेतका ७१ वर्षीय पुरुषमा भदौ १ गते र  दाङका ५५ वर्षीय पुरुषमा साउन २८ गते संक्रमण पुष्टि भएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts