पाल्पामा मेसिन राख्ने ठाउँ नहुँदा अक्सिजन प्लान्ट संचालनमा आएन



Download our app to get more features

पाल्पा, ६ भदौ । पाल्पामा मेसिन राख्ने भवन नहुँदा अक्सिजन प्लान्ट संचालनमा आउन सकेको छैन । गत जेठ चार गते नै एक करोड ५० लाख रुपैयाँमा सामग्रीहरु खरिद गरिएपनि अक्सिजन प्लान्ट संंचालनमा आउन नसकेको हो ।

अक्सिजन उत्पादन गर्ने मेसिन राख्ने स्थल बनाउन रकम अभाव हुँदा अक्सिजन प्लान्ट संचालन गर्न ढिलाई भएको पाल्पा अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा.जगदीश कुँवरले बताए ।
कोरोना संक्रमणको दोस्रो लहरका बेला जिल्लामा अक्सिजन अभाव भएपछि सरकारले पाल्पा अस्पताल मातहत अक्सिजन प्लान्ट राख्ने निर्णय गरेको थियो ।

अक्सिजन प्लान्ट संचालनमा आए दैनिक ५० देखि एक सय सिलिण्डर अक्सिजन उत्पादन हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताए ।

Last modified on 2021-08-22 16:40:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts